एमाले सचिवालय बैठक: राजनीतिक प्रतिवेदन पारित

काठमाडाैं | पुस १८, २०८१

एमाले सचिवालय बैठक: राजनीतिक प्रतिवेदन पारित

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । 

    
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनका मुख्य  बुँदामा छलफल गरी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


एमाले केन्द्रीय कमिटी बैठक यही पुस २१ र २२ गते बस्दैछ । बैठकले प्रतिवेदनलाई प्रतिवेदनमा पछिल्लो राजनीतिक घटनाक्रमको विवेचना गरिएको उहाँले बताउनुभयो । 

    
“नयाँ सरकार बनेपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो, प्रतिवेदनमा किन हामीले एमाले र नेपाली कांग्रेसबीच नयाँ सहकार्य गर्नुप¥यो । त्यसको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसर के हुन त्यसको विश्लेषण गरेका छौँ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “प्रतिवेदनमा सरकार गठनको छ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले गरेका केही महत्वपूर्ण उपलब्धि र थुप्रै महत्वपूर्ण गर्नुपर्ने काम समावेश गरिएको छ ।”

    
उपमहासचिव ज्ञवालीका अनुसार प्रतिवेदनमा सेवा, विकास निर्माण र अर्थतन्त्रलाई अझ लयमा ल्याउनका लागि सरकारले अझ ध्यान केन्द्रित गर्नुपर्ने कुरा उल्लेख छ । 


प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिका विभिन्न प्रवृत्तिको पनि विश्लेषण गरिएको उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले संविधानको संशोधन, संविधानको कार्यान्वयन, संसद्मा रहेका विधेयकलाई छिटो टुङ्ग्याउने, संविधानसँग बाधिएका कानुनलाई प्रतिस्थापन गरी नयाँ कानुन ल्याउने कुरालगायत नौ वटा क्षेत्र अलग अलग संयन्त्र बनाएर एमाले र कांग्रेसले काम गरिरहेको बताउनुभयो । 


उहाँले सरकारले दुई राजनीतिक दलबीच विश्वासको वातावरण बनाउँदै राजनीतिक स्थिरिताको सन्देश दिन सकेको बताउनुभयो । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्